मेघगर्जन र चट्याङसहित वर्षा हुँदै

केन्द्रभाग मिडिया

पोखरा ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली छ । कोशी बागमती र गण्डकी प्रदेशको केही स्थानहरुमा तथा मधेश प्रदेशको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भईरहेको छ ।

दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरूमा, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक/दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना छ ।

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति देशभर आंशिक बदली रहने छ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

  • १० चैत्र २०८०, शनिबार ०८:२९ प्रकाशित