मौसम पूर्वानुमान : देशका अधिकांस ठाउँमा पानी पर्ने

केन्द्रभाग मिडिया

 

पोखरा।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारण देखि अधिकांश बदली, लुम्बिनी र कर्णाली प्रदेशमा साधरणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदली छ ।

कोशी , मधेस, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्सहित छिटपुट देखि हल्का वर्षा भइरहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात समेत भइरहेको छ ।

दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी प्रदेशका केही स्थानहरूमा, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । मधेस प्रदेश र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना छ ।

आज राति देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ। गण्डकी प्रदेशका पहाडी भू भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना  छ।

  • ८ चैत्र २०८०, बिहीबार ०६:४२ प्रकाशित