कारागारमा खुल्यो विपश्यना ध्यान केन्द्र

केन्द्रभाग मिडिया

काठमाडौँ।

कारागार कार्यालय नक्खुमा विपश्यना केन्द्र ‘धम्मासयको खुलेको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज सो केन्द्रको उद्घाटन गरे।

कारागार कार्यालय नक्खु र नेपाल विपश्यना केन्द्र धर्मश्रृङ्ग काठमाडौंद्वारा आयोजित उद्घाटन कार्यक्रमसँगै त्यहाँ ४८ कैदी बन्दीहरूका लागि १२ दिनसम्म ध्यान शिविर सञ्चालन हुनेछ। यससँगै नेपाल विपश्यना केन्द्रले देशभरी १९ वटा ध्यान केन्द्र निर्माण गरेको छ। नक्खु कारागार ध्यान केन्द्र तीन महिनाको तयारीपछि संचालनमा आएको जनाइएको छ ।

ध्यान केन्द्रको उद्घाटन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले कानुनी र प्रशासनिक तवरबाट मात्रै नभएर आफ्नै महत्वबोध गराउने ध्यानबाट समेत सुशासन तथा सुधार अगाडि बढाउन सकिने बताए ।

  • ८ फाल्गुन २०८०, मंगलवार १६:४६ प्रकाशित