नशालु पदार्थ मिसाइएको लड्डु लिएर हिड्ने एक जना पाेखराबाट पक्राउ

केन्द्रभाग मिडिया

पोखरा । पोखरामा नशालु पदार्थ मिसाइएको लड्डु लिएर हिड्ने एक जना भारतिय पक्राउ परेका छन् ।

उनलाई नशालु पदार्थ मिसाइएको एक पाकेट लड्डु सहित प्रहरीले पोखरा ९ बसपार्कबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्लाका संग्रापुर बस्ने ४६ वर्षिय दिलिप पटेल रहेका छन् ।

वडा प्रहरी कार्यालय बैदाममा आएको विशेष सूचनाका आधारमा चेकजाँज गर्ने क्रममा एक पाकेट नशालु लड्डु सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पटेललाई जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धका कसुरमा ३ दिनको म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडी बढाइएको बैदाम प्रहरीले जनाएको छ ।

  • ३ फाल्गुन २०८०, बिहीबार १७:२० प्रकाशित