पोखरामा लागू औषध गाँजासहित २ युवक पक्राउ

केन्द्रभाग मिडिया

पोखरामा लागूऔषध गाँजासहित २ युवक पक्राउ परेका छन् ।

पोखरा महानगरापलिका वडा नम्बर १७ घारेपाटनका ३४ वर्षीय कुमार सुनार र सोही ठाउँ बस्ने वर्ष २८ का सन्तोष सुनार गाँजासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट १ किलो ३० ग्राम गाँजा बरामद भएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ भुर्जुङखोला कोल्चोकमा चेकजाँचको क्रममा उनीहरु गाँजासहित पक्राउ परेको सूचना अधिकारी वि.कले बताए ।

उनीहरु अस्ति आइतबार(माघ १४ गते) साँझ ५ बजेतिर पक्राउ परेका हुन् । उनीहरुमाथि दश दिन म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

  • १६ माघ २०८०, मंगलवार ०९:२४ प्रकाशित