सहकारी ठगी : पोखराको बलिदान सहकारीका अध्यक्ष र लेखा सदस्यलाई थुनामा राख्न उच्चको आदेश

केन्द्रभाग मिडिया

पोखरा ।

बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका बलिदानी सहकारीका अध्यक्ष अजय श्रेष्ठ र लेखा समिति सदस्य सचिना थापालाई थुनामै राख्न उच्च अदालत पोखराले आदेश दिएको छ । उनीहरू गत कात्तिक २५ गते पक्राउ परेका थिए ।

मङ्सिर ३ गते दुवै जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको थियो । उनीहरुले बाहिरै बसेर मुद्दा लड्ने माग सहित उच्चमा मुद्दा दिए । तर उच्च अदालतले पनि उनीहरूको अनुरोध सुनेन । अन्ततः दुवै जना कारागारमै रहने भएका छन् । न्यायाधीश राजप्रसाद भट्टराई र अमृतबहादुर बस्नेतको संयुक्त इजलासले उनीहरूलाई थुनामा राख्ने जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो ।

बलिदानी सहकारीबाट १ हजारभन्दा बढी बचतकर्ताको १० करोड रुपैयाँ अपचलन गरेको आरोप छ । १५ जना विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । हालसम्म ६ जना मात्रै पक्राउ परेका छन् । ९ जना अझै फरार छन् । पक्राउ परेका मध्ये ३ जना धरौटीमा रिहा भएका थिए ।

  • ५ माघ २०८०, शुक्रबार १३:५९ प्रकाशित