२.५ केजी गाँजासहित पोखरामा एक युवक पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
लागू औषध गाँजासहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

हिजो शनिबार साँझ ८ः३० बजे शुक्लागण्डकी -१ मा स्थायी घर भई हाल पोखरा- ३२ लामेआहाल बस्ने २६ वर्षीय डमन्स बहादुर गुरुङलाई ३ किलो ५०० ग्राम गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

उनलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी उनले बताए ।

प्रहरी प्रवक्ता विकका अनुसार शिसुवाबाट खटिएको प्रहरी टोलीले पोखरा ३२ लामेआहालबाट गुरुङलाई संकास्पद अवस्थामा हिडिरहेको बेला पक्राउ गरिएको हो ।

  • ८ पुष २०८०, आईतवार १८:१५ प्रकाशित