घाँटीबाट सिक्री चोरेर भागेका सुमन पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
कास्की प्रहरीले सुनको सिक्री चोरेर भाग्ने एक युवालाई पक्राउ गरेको छ ।

पोखरा ४ सिद्धार्थचोकका २७ वर्षीय सुमन परियारलाई सिक्री चोरीको आरोपमा पक्राउ गरेर कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा दिन पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले बताएको हो ।

कास्की प्रहरी प्रवक्ता श्रवणकुमार विकका अनुसार परियारले ४ पुसको राति ११ः ४५ बजे महेन्द्रपुलमा पोखरा २७ का हेमन्त पुनको घाँटीबाट सिक्री चोरी गरि फरार थिए ।

उनको साथबाट एक थान सुनको जस्तो देखिने सिक्री समेत बरामद भएको छ ।

  • ६ पुष २०८०, शुक्रबार ०७:३२ प्रकाशित