कास्की प्रहरीबाट मंसिरमा ४६ जना फरार प्रतिवादी पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
कास्की प्रहरीले मंसिर महिनामा अदालतले विभिन्न मुद्दामा गरेको फैसला कार्यान्वयन गराउनेक्रममा फरार ४६ जनालाई पक्राउ गरेको छ ।

कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले अदालतबाट कैद तथा जरिवाना भुक्तान गर्न बाँकी फरार प्रतिवादीलाई पक्राउ गरिएको हो ।

यसरी पक्राउ गर्ने क्रममा उनीहरुबाबट २ लाख १२ हजार २०० रुपैयाँ जरिवाना तथा ४ महिना १६ कैद भक्तान गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

कुन मुद्दामा कति पक्राउ :

१.चेक अनादर मुद्दामा २९ जना
२.चोरी भुद्दामा २ जना
३. जुवा मुद्दामा ३ जना
४. दुशित तथा न्यून स्तरको खाद्यपदार्थ उत्पादन तथा विक्री वितरण मुद्दामा १ जना
५.सर्वजनिक स्थलमा अभद्र व्यवहार मुद्दामा ४ जना
६. जालसाझी मुद्दामा ४ जना
७.साधारण चोरी मुद्दामा १ जना
८. सवारी अंगभंग मुद्दामा १ जना
९ अभद्र व्यवहार मुद्दामा १ जना

  • २ पुष २०८०, सोमबार १३:१२ प्रकाशित