पोखराका विभिन्न ठाउँबाट लागुऔषधसहित ५ जना पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
कास्की प्रहरीेले कास्कीका विभिन्न स्थानबाट लागु औषधसहित ५ जनालाई पक्राउ गरेको छ । कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार पक्राउ परेका ५ जनालाई नै जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

चितवन रत्ननगर ९ घर भई हाल पोखरा ६ जरेबर बस्ने २७ वर्षीय सन्दिप श्रेष्ठ एक केजी गाँजाको धुलो जस्तो देखिने (पोल्यान) सहित र पोखरा १७ ड्यामसाइडबाटका बिजन सापकोटाको साथबाट ८० मिलिग्राउन ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको कास्की प्रहरीले जानकारी दिएको हो ।

यसैगरी पोखरा रंगशाला गेट अगाडिको खाजा घरबाट एक किलो २८० ग्राम गाँजाजस्तो देखिने पदार्थ र नगद ८७ हजार ४३५ रुपैयाँसहित बरामद गरिएको खाजा पसल सञ्चालक ४९ वर्षीय देवी गुरुङलाई नियन्त्रयामा लिएर अनुसन्धान थालेको छ ।

पोखरा ३० पावर हाउसमा सवारी साधनमा चेकजाँचको क्रममा पोखरा ८ बगाले टोल बस्ने २३ वर्षीय राजन कुँवर र पोखरा ९ का ३३ वर्षीय विष्णु कुँवरको साथबाट ४० एम्पुल फनारगन र नुरर्फिन ४० एम्पुल गरी १२० एम्पुल लागु औषध बरामद भएको प्रहरी प्रवत्ता विकले जानकारी दिए । उनीहरु सबैलाई म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

  • १ पुष २०८०, आईतवार १९:४२ प्रकाशित