एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ चिवाभञ्ज्याङ पुगेर आज समापन हुँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आज चिवाभञ्ज्याङमा पुगेर समापन गरिँदैछ।

आज चिवा भञ्ज्याङ पुगेर राष्ट्रिय झण्डा झण्डोत्तोलनसहित यात्राको समापन गरिने एमालेले जनाएको छ ।

आजको यात्रा १ सय १ किलोमिटर रहेको छ । यात्रा टोली साँझ बास बस्न फिदिममा नै फर्कनेछ भने टोली सोमबार बिहान काठमाडौंका लागि प्रस्थान गर्ने जनाइएको छ।

गत मंसिर १४ गते सुदूरपश्चिम प्रदेशको बैतडीबाट सुरु भएको संकल्प यात्रामा अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरू सहभागी छन् ।

  • १ पुष २०८०, आईतवार ०८:१५ प्रकाशित