कांग्रेस संसदीय दलको बैठक आज बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा आज मध्यान्ह १२ बजे संसदीय दलको बैठक बस्ने कांग्रेसले जनाएको छ ।

बैठकमा मुलुकको समसामयिक अवस्था र शनिबारदेखि इजरायल हमास द्धन्द्धबारे छलफल हुने प्रमुख सचेतक रमेश लेखकले बताए । संसदीय दलको बैठकअघि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीसँग छलफल गर्दै छन् ।

बैठकमा इजरायल आक्रमणमा नेपालीको अवस्था र एनआरएनएको चुनावबारे छलफल हुने जनाइएको छ ।

  • २३ आश्विन २०८०, मंगलवार १०:०५ प्रकाशित