पोखरा ।
नेकपा एमालेको १५ र १६असोजमा पोखरामा हुने प्रथम अधिवेशनमा सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिनेभएको छ । अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने अधिवेशन पूर्व आयोजना गरिने झाँकी प्रदर्शनमा गण्डकी प्रदेशको हिमाल-पहाड-तराइको सम्पूर्ण सांस्कृतिक झाँकी प्रस्तुत गरिने एमालेले जनाएको छ ।
झाँकी ब्यवस्थापन उपसमिति संयोजक हुम बहादुर गुरुङको अध्यक्षता सम्पन्न बैठकले एमाले गण्डकी प्रदेश अधिवेशनको उदघाटन र्यालीले सास्कृतिक विविधताको संगम, राष्ट्रिय एकता र सद्भावको सन्देश दिने गरि तयारी गर्ने निर्णय गरेको हो ।
अधिवेशनमा घाँटु, चुडका, छ्याडु, कौरा, सोरठी, बालन, भजन, तायमचा, लाखे नाच, लठ्ठी नाच, तामाङ सेलो, थकाली, हिमाली नाच, गन्धर्व संस्कृति, पन्चै बाजा लगायत विभिन्न समुदायगत र क्षेत्रगत मौलिक प्रस्तुतिहरु हुने झाँकी संयोजक गुरुङले जानकारी दिए ।
संयोजक गुरुङको अध्यक्षतामा भएको प्रथम चरणको बैठकमा नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ, प्रदेस कमिटी उपसचिव रस्मि आचार्यले अधिवेशनको तयारी र झाँकी ब्यवस्थापनका सन्दर्भमा भनाई राख्नु राखेका थिए ।













