पोखरा ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको अध्यक्षमा संगीता पौडेल निर्वाचित भएकी छन्। नाट्टा गण्डकीको बुधबार पोखरामा सम्पन्न ३१ औं साधारण सभा तथा १४ औं अधिवेशनबाट पौडेल अध्यक्षमा निर्वाचित भएकी हुन् । पौडेलले ९३ मत प्राप्त गरेर विजयी हुँदा अध्यक्षकी अर्की प्रतिस्पर्धी कमला गिरी ४९ मत प्राप्त गरिन् ।
प्रथम उपाध्यक्षमा राजेश पहारी निर्वाचित भए । उनले ८० मत ल्याएर विजयी हुँदा प्रथम उपाध्यक्ष पदका अर्का उम्मेदवार चेतबहादुर कार्कीले ६६ मत प्राप्त गरे । कार्की यस अगाडीको समितिमा महासचिब थिए । द्वितिय उपाध्यक्षमा भने विश्वराज आचार्य निर्बिरोध निर्बाचित भए ।
महासचिव पदमा ताराप्रसाद गौतम निर्वाचित भए । उनले ८५ मत पाएर विजयी हुँदा महासचिव पदका अर्का प्रतिस्पर्धी नवराज भण्डारीले ५९ मत प्राप्त गरे । सचिवमा सुभाष पहारी निर्वाचित भए । पहारीले ८४ मत प्राप्त गर्दै विजयी हुँदा सचिव पदकै अर्का उम्मेदवार प्रतीक लामिछानेले ६२ मत मात्र गरे ।
कोषाध्यक्षमा छवि रमण पौडेल निर्वािचित भएका छन् । उनले ७४ मत प्राप्त गरेर निर्वाचित हुँदा कोषाध्यक्ष पदका अर्का उम्मेदवार सन्दिप श्रेष्ठले ७२ मत पाएका थिए । सह कोषाध्यक्षमा पदमराज आचार्य निर्वाचित भए । उनले ८७ मत प्राप्त गरेर निर्वाचित हुँदा कोषाध्यक्ष पदका अर्का उम्मेदवार तुलबहादुर गुरुङले ५५ मात्र प्राप्त गरेका थिए ।
कार्यसमितिको पाँच जना सदस्यहरु भने निर्बिरोध निर्बाचित भएका थिए । सदस्यमा पदमा अशोक कुमार क्षेत्री, मिलन ढकाल, विकास निरौला, रामचन्द्र घिमिरे र सोमनाथ अधिकारी निर्बिरोध भएका हुन् ।












