ढाकाकुमारको अभिव्यक्तिबारे रास्वपाले थापामाथि छानबिन प्रक्रिया अगाडि बढायो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले निष्कासित नेता ढाकाकुमार श्रेष्ठले मन्त्री बनाउन तीन करोड पैसा मागेको आरोप लगाएका मोहनजंग थापामाथि छानबिन प्रक्रिया अगाडि बढाएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग श्रेष्ठले आफूलाई मन्त्री बनाउन रविका कोर टिमले पैसा मागेको अडियो सार्वजनिक भएपछि उनी पार्टीबाट निष्कासित भएका थिए ।

पछिल्लो समय श्रेष्ठले मन्त्री बनाउन थापाले तीन करोड मागेको कुरा सञ्चारमाध्यममार्फत खुलासा गरेका छन् । सोही विषयलाई लिएर रास्वपाले बुधवार विज्ञप्ति जारी गर्दै थापामाथि छानबिन प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।

आरोप प्रमाणित गर्न थापाले श्रेष्ठलाई चुनौती दिएका थिए ।

  • २७ भाद्र २०८०, बुधबार १५:४६ प्रकाशित