उपाध्यक्ष नेम्वाङको निधनपछि एमाले महासचिव पोखरेल चीनबाट आजै फर्किँदै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि एमाले महासचिव शंकर पोखरले चीन भ्रमण छोट्याएर स्वदेश फर्किने भएका छन् । स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले महासचिव पोखरेल भ्रमणका पूर्वनिर्धारित सबै कार्यक्रम रद्द गरेर मंगलबार नै नेपाल फर्किने जानकारी दिएका छन् ।

महासचिव पोखरेलले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा केही दिनदेखि चीन भ्रमणमा रहेका छन् । महासचिव पोखरेल मंगलबार छिङ्हाईको सिनिङ हुँदै छेन्दु भएर नेपाल फर्किनेछन् । विदेश विभाग प्रमुख भट्टराईका अनुसार महासचिव पोखरेलको भ्रमण टोलीमा रहेका सबै सदस्य फर्किने छन् ।

काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा सोमबार राति नेम्वाङको निधन भएको हो । एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम(२ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।

  • २६ भाद्र २०८०, मंगलवार ०९:१२ प्रकाशित