कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त हुँदै, आजै शपथ हुने

केन्द्रभाग मिडिया

विराटनगर ।

नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आज मुख्यमन्त्री नियुक्त गरी सपथ गराउने भएका छन् । सर्वोच्च अदालतले हिजो ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएकोमा अदालतको आदेश प्राप्त भएलगत्तै मुख्यमन्त्री नियुक्ति गरेर सपथको तयारी भएको हो ।

प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरी शुक्रबार साँझ ६ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । कार्यालयका निमित सचिव नरेन्द्र श्रेष्ठका अनुसार सर्वोच्चको आदेशको जानकारी आएकोले मुख्यमन्त्री नियुक्तिको प्रक्रियासँग सपथको तयारी भएको हो ।

सर्वोच्चले बिहीबार उद्धब थापाले भदौ ४ गते प्रदेशसभाबाट लिएको विश्वासको मत बदर गर्दै उनलाई मुख्यमन्त्रीबाट पदमुक्त गरि संविधानको धारा १६८ को उपधारा ३ अनुसार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

  • २२ भाद्र २०८०, शुक्रबार १६:५५ प्रकाशित