काठमाडौ ।
कास्की क्षेत्र न २ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले विश्वविद्यालयहरूमा भेको तालाबन्दी खोल्न संघिय संसदको ध्यानाकर्षण गराएकी छन्।
भट्टराईले बिहिबार प्रतिनिधि सभा बैठकको शून्य समयमा समयमा बोल्दै नेपाल संस्कृत विश्वविद्यालय र सुदुरपश्चिम विश्वविद्यालयमा भएको तालाबन्दी संस्कृतिले आम बिद्यार्थीहरूमा निराशा बढाएको भन्दै सरकार यो बिषयमा कत्ती पनि जिम्मेवार नदेखिएको उल्लेख गरिन।
उनले लोकतन्त्रको पूर्ब शर्तको रूपमा रहेको शिक्षा र त्यसमार्फत निर्माण हुने बिबेकशिल मानव लोकतन्त्रको मानक भएको भन्दै सो कुरामा स्वयम् प्रधानमन्त्री र सरोकारवाला शिक्षा मन्त्रालय गम्भीर र जिम्मेवार नदेखिनु गम्भिर चिन्ताको बिषय भएको बताइन्।
ब्यबस्थापनको जिम्मेवारीमा रहने कुलपति ,उपकुलपति र सह कुलपतिहरूको बिचमा कार्य समन्वय अभावमा विश्वबिद्यालय जस्तो प्राज्ञिक क्षेत्र राजनितीक आन्दोलनको केन्द्र बनाइनु दुःखद भएको भट्टराईले उल्लेख गरेकी छन्।
साम्सद भट्टराईले बिद्यार्थिहरूका जायज माग पूरा गरि तत्काल पठन पाठनको बाताबरण बनाउन संसद मार्फत सरकारको ध्यानाकर्षण गराउदछु उल्लेख गर्नु गरेकी छन् ।












