हत्या अभियोगमा पक्राउ परेका मधेशका सांसद यादवलाई आज अदालत लादैं

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

हत्या अभियुक्त मधेश प्रदेशका सांसद अनिरुद्ध सिंह यादवलाई सप्तरी प्रहरीले अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।

सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ‘ख’बाट निर्वाचित सांसद यादवलाई प्रहरीले सोमवार राजविराज नगरपालिका ७ बाट पक्राउ पक्राउ गरेको थियो । उनलाई हिजै अदालत लगियो । तर अदालतमा समय अभावका कारण उनलाई प्रहरीले हिरासतमा राखेको छ ।

सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीले अदालतले आज बिहान १० उपस्थित गराउन भनेको र अहिले लग्ने तयारी गरेको जानकारी दिए ।१६ वर्ष अगाडी माओवादी नेता गोविन्द चौधरीको गोली हानी हत्या भएको थियो । उनको हत्या मुद्दामा उनलाई तीनै तहका अदालतले दोषी ठहर गरिसकेको छ ।

दोषी ठहर भएको अवस्थामा पनि यादव स्वतन्त्रबाट चुनाव लडेर प्रदेश सांसदमा निर्वाचित भएका हुन् । पछि उनी जनता समाजवादी पार्टी ९जसपा०मा प्रवेश गरेका थिए ।

  • १९ भाद्र २०८०, मंगलवार ०९:४० प्रकाशित