रूपन्देही ।
नेकपा एमालेको बुटवलमा जारी लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका चुनावको तयारी गरेको छ । एमाले लुम्बिनीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन विपरीत आकांक्षीहरूले निर्वाचनको तयारी गरेका हुन् । दुवै समूहमा रहेका नेताहरूले सहमतिको सम्भावना क्षीण भएको दावी गर्दै चुनावी तयारीमा लागेका हुन् ।
अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कंडेल र प्यूठानका हरि रिजाल दावेदार छन् । कंडेल एक वर्षअघि गठन भएको प्रदेश कमिटीका अध्यक्ष हुन् भने रिजाल पुर्व प्रदेश मन्त्री एवं पार्टी केन्द्रीय सदस्य हुन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन समारोह र आज बिहान बन्द सत्रमा सम्बोधन गर्दै सहमतिबाट नेतृत्व चयन गर्न आग्रह गरेपनि सहमतिमा नेतृत्व चयनको सम्भावना करिब करिब टरेको नेताहरुको भनाई छ ।













