सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।

जिल्ला अदालत काठमाडौंमा आज(बिहीबार) भएको सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित भएको छ । अदालत स्रोतका अनुसार केही कागजातका विवरण अस्पष्ट भएपछि पुनः माग गर्नुपर्ने भन्दै सुनुवाइ स्थगित गरिएको हो ।

अदालतमा पीडित गौशाला २६ कि आमाको जन्ममिति फरक फरक देखिने कागजातहरु पेश भएको, गौशाला २६ को जन्म हुँदाको अस्पतालको दर्ता किताबको विवरण पनि अस्पष्ट भएकाले त्यसलाई थप स्पष्ट पार्नुपर्ने भन्दै बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासको सुनुवाइ स्थगित गरिएको हो ।

क्रिकेटर सन्दीप लामिछानेले आफूलाई बलात्कार गरेको भन्दै एक किशोरीले गत वर्ष भदौमा जाहेरी दिएकी थिइन् ।

  • ३२ श्रावण २०८०, बिहीबार १५:४८ प्रकाशित