काठमाडौँ आइपुगे चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताको टोली काठमाडौँ आइपुगेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य युयान च्याच्युन नेतृत्वको उच्चस्तीय टोली काठमाडौँ आइपुगेको हो ।

च्या २५ सदस्यीय टोलीसहित नेपाल भ्रमणमा आएका हुन् । चिनियाँ उच्चस्तरीय टोलीले नेपालमा महत्वपूर्ण राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । च्याको भ्रमणको चाँजोपाँजो मिलाउन चीनको नेपाल मामला प्रमुख योया ९सरला० नेपाल आइसकेकी छिन् । चिनियाँ विदेश विभागकी कुटनीतिज्ञले आफनो नेपाली नाम सरला राखेकी छन् ।

शनिवार नेपाल आइपुगेकी सरलाले च्याच्युनको भ्रमण तालिका र भेटघाटको तालिका मिलाइरहेकी छिन् । च्याच्युनले कम्युनिष्ट पार्टीका शीर्ष नेता र कांग्रेस सभापति शेरबहादुर देउवासंग भेटघाट गर्ने बताइएको छ ।

नेपाल–चीन सम्बन्धमा यो भ्रमणले विशेष महत्व राख्ने अपेक्षा गरिएको छ । आगामी सेप्टेम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको भ्रमण गर्ने तयारी छ ।

  • ७ श्रावण २०८०, आईतवार १६:१९ प्रकाशित