मौसमविद भन्छन्, ‘वायु प्रदूषण अझै केही दिन कायम रहने सम्भावना छ ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

झण्डै साता दिन देखि देशभरको मौसम धुम्मिएको छ । देशका अधिकांश स्थानमा डढेलो लाग्दा मौमस धुम्म बनेको छ । जसका कारण देशभर प्रदुषण पनि बढेको छ ।

मौसमविदले नेपालमा तत्काल ठूलो पानी पर्ने सम्भावना नभएकाले वायु प्रदूषण केही दिन कायम रहने अनुमान गरेका छन् । आईक्यू एअरले आज काठमाडौंलाई विश्वकै सबैभन्दा बढी प्रदूषित शहरको सूचीको चौथो स्थानमा राखेको छ ।

मौसमविदका अनुसार वायु प्रदूषण हट्न ठूलो पानी पर्नुपर्छ वा बेस्सरी हावा चल्नुपर्छ । तर त्यसो नहुँदा कचौरा आकारमा रहेको काठमाडौं उपत्यकामा वायु प्रदूषण कायम छ ।

वर्षाका गतिविधि कम र डढेलोका घटना बढी भएकाले वायु प्रदूषणमा वृद्धि भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद सजिना शाक्यले काठमाडौं उपत्यकामा केही दिन पानी पर्ने सम्भावना नभएको बताइन् । उनका अनुसार आज कोशी प्रदेशको पहाडी जिल्लामा तथा भोलि गण्डकी र कर्णाली प्रदेशका पहाडी जिल्लामा थोरै पानी पर्ने सम्भावना छ । यस्तै तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

खासगरी चैत महिनामा आगलागी र डढेलोका घटना बढी हुने भएकाले वायुप्रदूषण पनि बढ्छ ।

  • ३ बैशाख २०८०, आईतवार १३:५४ प्रकाशित