पोखरा ।
फलेबास खानीगाँउ–पोखरा सम्पर्क समाज कास्कीले नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोनच गरेको छ । फलेबास नगरपालिकाका मेयर गंगाधर तिवारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम समाजका अध्यक्ष बाबुराम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिवारीले २०७९ सालमा गर्न नसकेका अधुरा काम आउने नयाँ वर्ष २०८० ले पुरा गर्ने अपेक्षा व्यत्तः गदै सबैमा शुभकामना व्यक्त गरे । समाजले फलेबास खानीगाँउबाट पोरा बसाइसरी आएकाहरुलाई एकिकृत गरी रचानात्मक कार्य गरेको भन्दै तिवारीले प्रशंसा गरे ।
अध्यक्ष सापकोटाले नयाँ वर्षले सबैको घरमा खुशी ल्याउने अपेक्षा व्यक्त गदै वितेका दिनबाट सिक्दै नयाँ वर्षलाई स्वागत गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा फलेबास खानीगाउँबाट बसाइसरी पोखरा आएका परिवारका सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन सचीव कृष्ण प्रसाद सुवेदी र स्वागत कोषध्यक्ष दिेनेश थापाले गरेका थिए ।