बालुवाटारमा शेखर–गगन समूहको बैठक

केन्द्रभाग मिडिया

काठमाडौँ ।

शेखर गगन समूहको बैठक बालुवाटारमा बसेको छ ।

आफ्नो समूहका मन्त्रीको नाम टुंग्याउन नेता शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बिहानदेखि बैठक चलिरहेको हो । तीन जना मन्त्रीको नाम सभापति शेरबहादुर देउवालाई बुझाउने शेखर–गगन समूहको तयारी छ । कांग्रेसबाट ४ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी हुन बाँकी छ ।

चैत १७ मा मन्त्रिपरिषद् विस्तार हुँदा कांग्रेसबाट उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेका छन् । अर्थमन्त्रीमा प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी विकास मन्त्रीमा सीता गुरुङ नियुक्त भएका छन् ।

  • ३० चैत्र २०७९, बिहीबार ११:०३ प्रकाशित