कानुन व्यवसायीद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण : प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न माग

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसगँ भेट गरेका छन् । कानुन व्यवसायीले भेटमा तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका छन् ।

बिहीवार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर उनीहरुले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न ध्यानाकर्षण गराएका हुन् ।बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल बार एशोसिएसनले ७ देखि १० दिनभित्र प्रधानन्यायाधीश नियुक्त नभए आन्दोलन गर्ने घोषणा गरेको थियो ।

प्रधानमन्त्रीलाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानमन्त्री संवैधानिक परिषदको अध्यक्षसमेत भएकाले तत्काल प्रधानन्यायाधीश नियुक्तिको पहल लिन ध्यानाकर्षण गराएको बताए । प्रधानमन्त्री प्रचण्डले प्रधानन्यायाधीश नियुक्तिका लागि आफूले पहल गरिरहेको र चाँडै ठोस निस्कर्षमा पुग्ने बताएको पनि घिमिरेले जानकारी दिए ।

  • ३० चैत्र २०७९, बिहीबार १०:४२ प्रकाशित