कोरोना अपडेट : आज पनि १ संक्रमितको ज्यान गयो, १२१ जनामा संक्रमण

केन्द्रभाग मिडिया

काठमाडौं ।

कोरोना भाइरस संक्रमणबाट आज(बुधबार) पनि एक संक्रमितको ज्यान गएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १२१ जना कोरोना संक्रमित भेटिएका छन् र एक जनाको ज्यान गएको छ ।

यसअघि मंगलबार पनि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो । त्यसअघि भने २३ पुसमा मात्र कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ ।

  • २९ चैत्र २०७९, बुधबार १६:५१ प्रकाशित