रौतहट ।
रौतहटको गरुडामा प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् ।
दीपक यादव नेतृत्वको समूहले गरुडा नगरपालिका अगाडि गरेको प्रदर्शनका क्रममा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर स्थानीय गजेन्द्र यादव घाइते भएका हुन् ।
गोली यादवको काँखीमा लागेको बताइएको छ। झडपमा क्रममा प्रहरीले १६ राउण्ड हवाई फायर गरेको छ ।















