तीन महिनापछि नेपालमा फेरि कोरोनाबाट एकको ज्यान गयो

केन्द्रभाग मिडिया

पोखरा ।

नेपालमा तीन महिनापछि फेरि कोरोनाबाट एक संक्रमितको ज्यान गएको छ ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा एकको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसअघि पुस २३ गते नेपालमा कोरोनाबाट एक संक्रमितले ज्यान गुमाएका थिए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार मंगलबार ४७६ पीसीआर र १ हजार ९६० एन्टिजेन गरी कुल २ हजार ४३६ जनाको परीक्षणमा ऊक्त संख्यामा संक्रमित देखिएका हुन् ।

पीसीआरतर्फ ७४ र एन्टिजेन परीक्षणमा ३२ जनामा संक्रमण देखिएको हो । हाल सक्रिय संक्रमितको संख्या ४६९ पुगेको छ । हाल संस्थागत आइसोलेसनमा २४ जना, आईसीयूमा १३ जना र भेन्टिलेटरमा ५ जना रहेका छन् ।

  • २८ चैत्र २०७९, मंगलवार १६:५४ प्रकाशित