अर्थतन्त्र सुधारका लागि सरकारले दीर्घकालीन नीति बनाउँदैछ : डा. महत

केन्द्रभाग मिडिया

काठमाडौं ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको समग्र अर्थतन्त्र आत्तिहाल्नुपर्ने अवस्थामा नरहेको बताएका छन् ।

अर्थतन्त्र सुधारको लागि सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाउन लागेको उनको भनाइ थियो ।नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री डा। महतले यस्तो बताएका हुन् ।

अल्पकालीनमा पूँजीगत खर्च बढाउने र अनावश्यक खर्च घटाउने, समयमा काम नसक्ने खालका समस्या समाधान गर्नेतर्फ सरकार केन्द्रित रहेको उनले बताए ।

‘हामी सबैमा कमीकमजोरी छ । त्यसलाई सुधार गरेर अघि बढ्नुपर्छ । ऋण तिर्दिनँ भन्नु गलत हो’, अर्थमन्त्री महतले भने, ‘अर्थतन्त्रमा अहिले केही दबाब परेको छ । केही अप्ठ्याराहरु सिर्जना भएका छन् । सरकार, अर्थ मन्त्रालय र म अर्थमन्त्रीले यो दबाब र अप्ठ्यारालाई गम्भीरताका साथ लिएका छौं । समग्रमा निराश हुनुपर्ने कारण छैन ।’

बाह्य सञ्चित र विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्सले गर्दा अहिले आत्तिहाल्नुपर्ने अवस्था नभएको उनको भनाइ थियो ।

  • २८ चैत्र २०७९, मंगलवार १६:०५ प्रकाशित