अदालतको आदेशपछि पीएनमा अब वैशाख ३ मा स्ववियु चुनाव हुने

केन्द्रभाग मिडिया

पोखरा ।

चैत्र ५ गते हुन नसकेको स्ववियु चुनाव पृथ्वीनारायण क्याम्पसमा अब हुने भएको छ।

आउँदो वैशाख ३ गते स्ववियु निर्वाचन हुने भएको छ ।अदालतको आदेशपछि चैत ५ गते हुन नसकेको स्ववियु निर्वाचन वैशाख ३ गते हुन लागेको निर्वाचन अधिकृत प्रा.डा. विकास केसीले जानकारी दिए ।

क्याम्पसको निर्वाचन समितिको सोमबारको बैठकले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार चैत २९ गते मनोनयन दर्ता र वैशाख ३ गते मतदानको मिति तोकिएको छ ।

  • २८ चैत्र २०७९, मंगलवार १४:२८ प्रकाशित