बालुवाटारमा जम्मा भए ३ दलका शीर्ष नेता

केन्द्रभाग मिडिया

काठमाडौं ।

सभामुख देवराज घिमिरेको आह्वानमा मुख्य ३ दलको बैठक सुरु भएको छ ।

सभामुखको निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन् ।

यसैगरी एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने पनि बैठकमा सहभागी छन् ।

महान्यायधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाललाई पनि बैठकमा बोलाइएको छ । बैठकमा टिआरसीसहितका अन्य विधेयकका बारेमा छलफल भइरहेको छ ।

  • २८ चैत्र २०७९, मंगलवार ११:०६ प्रकाशित