गुन्डा नाइके चक्रे मिलनका ‘बडीगार्ड’ पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)को बडीगार्ड पक्राउ परेका छन् । नेपालगन्ज स्थित एक होटेलमा हतियार प्रदर्शन गरेको आरोपमा गणेश बहादुर बोगटीलाई पक्राउ गरिएको बाँकेका एसपी सन्तोष सिंह राठौरले जानकारी दिए ।

सामाजिक सञ्जाल (टिकटक)मा बोगटीले ‘पोइन्ट टुटु’ हतियार बोकेर हिँडेको भिडियो पोस्ट गरेका थिए । बोगटी नेपालगन्जकै स्थानीय हुन् । नेकपा एमालेको युवा सङ्गठन राष्ट्रिय युवा सङ्घको महाधिवेशनमा भाग लिन गएका चक्रे मिलनसँग बन्दुक बोकेर हिँडेको भिडियो बोगटीले पोस्ट गरेका थिए ।

प्रारम्भिक अनुसन्धानबाट सो हतियारको लाइसेन्स भएको खुल्न आएको छ ।

  • २८ चैत्र २०७९, मंगलवार ०९:०६ प्रकाशित