न्यौपानेले त्यागे नेकपा एकीकृत समाजवादी

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी त्यागेका छन् । शनिबार काठमाडौंमा एक पत्रकार सम्मलेन गर्दै उनले पार्टी त्यागेको बताएका हुन् ।

एकीकृत समाजवादीले परिचय दिएपनि पहिचान दिन नसकेको बताए । पार्टी अवसरवादमा लिप्त भएको भन्दै आरोप पनि लगाए । सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाएपनि नअघाउने, जति भरे पनि नभरिने मानिसहरु मात्रै पार्टीमा रहेको उनको दाबी छ ।

‘नेकपा (एकीकृत समाजवादी)ले परिचय दियो तर पहिचान दिन सकेन। सदैव आफ्नो आफ्नो स्वार्थमा निहीत भएको आभाष भएको मलाई लाग्यो,’ उनले भने।

उनले देशभरका नेता कार्यकर्ता समेटेर एमालेमा समाहित हुने तयारी रहेको समेत जानकारी दिए । सम्मानित पद दिए एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल समेत एमालेमा नै फर्किने मनस्थितिमा रहेको उनको दाबी छ ।

  • २५ चैत्र २०७९, शनिबार १७:२१ प्रकाशित