नागरिक उन्मुक्ति पार्टीको महिला विभाग प्रमुखमा गौतम नियुक्त

केन्द्रभाग मिडिया

काठमाडौं ।

नागरिक उन्मुक्ति पार्टीको महिला विभाग प्रमुखमा नेतृ एलिजा गौतम नियुक्त भएकी छिन् । पार्टीको यही चैत्र २३–२४ गते बसेको केन्द्रीय कमिटीको पूर्ण बैठकले गौतमलाई सो जिम्मेवारी दिएको हो । गौतम केही समय अघिमात्रै नाउपामा प्रवेश गरेकी हुन् ।

पछिल्लो समय उनी पार्टीका काममा विभिन्न जिल्ला दौडाहामा समेत निस्किने गरेकी छिन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ यतिवेला राजकीय जिम्मेवारीमा छिन् । उनी संघीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री छिन् ।

रेशम चौधरीको संरक्षणमा रहेको नाउपाप्रति पछिल्लो समय जनताको क्रेज बढेको छ । गौतमले पार्टीको नीति तथा कार्यक्रमलाई आफूहरुले लागु गराउने प्रतिबद्धता जनाएकी छिन् ।

  • २५ चैत्र २०७९, शनिबार १७:२० प्रकाशित