काठमाडौं ।
नेपाली कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री जस्तो बन्न नसकेको भन्दै संसदमा टिप्पणी गरेका छन् ।जनता निराश भएर आत्तिएका बेलामा प्रधानमन्त्री त प्रधानमन्त्री जस्तो हुनुपर्ने भन्दै आज शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले प्रधानमन्त्रीलाई चुस्त टिम बनाएर काममा लाग्न आग्रह गरे ।
उनले भने, ‘हाम्रो प्रधानमन्त्रीलाई किन यति फुर्सद छ रु उद्घाटन, शिलान्यास र भाषणमा समय व्यतीत गरिरहनु भएको छ । म चकित परिरहेको छु । प्रधानमन्त्रीले टीम चलाउने हो एक्लै हिँड्ने होइन । प्रधानमन्त्रीले योबेला सबैभन्दा चुस्त टीम बनाउनुपर्छ । टीमलाई चलाएर अघि बढ्नुपर्छ ।’