प्रधानमन्त्री प्रचण्ड र नेता कोइरालाबीच भेटवार्ता

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।आज बिहान भएको भेटमा मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको बताइएको छ ।

कोइराला नेता मिनेन्द्र रिजाललाई साथमा लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्री प्रचण्ड र नेता कोइरालाबीच मन्त्रिपरिषद बिस्तारबारे छलफल भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिएका छन् ।

भेटमा प्रधानमन्त्रीले कांग्रेस र जसपाले मन्त्रीको नाम नपठाउँदा मन्त्रिपरिषदले पूर्णता पाउन नसकेकाले पार्टीभित्र मिलाएर चाँडो मन्त्रीको नाम पठाइदिन आग्रह गरेको बताइएको छ ।

नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेर चाँडै मन्त्रीको नाम पठाउने बताएका छन् ।

  • २४ चैत्र २०७९, शुक्रबार १५:२५ प्रकाशित