टुरिस्ट भन्नेलाई स्वर्णिमको जवाफ : यहाँका शंकर भण्डारीलाई मादी पारि पुर्‍याउन हुने, र्मस्याङदी पारिको म यहाँ लड्न नहुने ?

केन्द्रभाग मिडिया

तनहुँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा। स्वर्णिम वाग्लेले आफुलाई टुरिस्ट उम्मेदवार भन्नेलाई जवाफ फर्काएका छन् ।

उनले तनहुका शंकर भण्डारीलाई मादी पारि पुर्याउन हुने मस्र्याङदीपारिको आफु तनहुँ आएर लड्न नहुने भन्दै जवाफ दिएका हुन् । वाग्लेले सीमा भनेको मानिसले बनाएको मानचित्रमात्रै भएको बताएका छन् ।

वाग्लेले भने, ‘सीमा नक्सा भनेका मान्छेले कोरेका मानचित्र हुन् । यस क्षेत्रका शंकर भण्डारीलाई मादी पारि पुर्‍याइदिनुभाछ, म मर्स्याङ्दीपारिको स्वर्णिम वाग्ले यहाँ आएर लड्न नहुने रु तनहुँको प्रदीप पौडेललाई काठमाडौं ५ मा लगेर उतार्नुभयो, उहाँको क्याम्पेनमा मरेर लागेर जिताउन मैले धेरै प्रयास गरेँ ।’

उनले अर्को क्षेत्रमा गएर चुनाव लड्दैमा टुरिष्ट भनेर हेयको भावनाले हेर्न नहुने बताए ।‘नेपालको संविधानमै कुनैपनि नागरिक जुनसुकै क्षेत्रमा गएर लड्न पाइन्छ भनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल कास्कीमा जन्मिनुभयो, कहिले सिरहाबाट लड्नुभाछ, अहिले गोरखाबाट जित्नुभयो, यो कुरा चाहीँ अलि बढी संकिर्णता भयो की यस्ता खाले प्रश्न उठाउनका लागि ।’

तनहुँ कुनै एउटा दलको गढ नभई लोकतन्त्रवादीको गढ भएको र रास्वपा पनि लोकतान्त्रिक पार्टी भएको वाग्लेको भनाई छ।

  • २४ चैत्र २०७९, शुक्रबार १४:५१ प्रकाशित