काठमाडौँ ।
प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि भोलि(शुक्रबार)देखि आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
आचारसंहिता चितवन, बारा र तनहुँ जिल्लाभर विभिन्न व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ । आगामी आगामी वैशाख १० गते चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ ।
क–कसलाई लाग्छ आचारसंहिता ?
-नेपाल सरकार र नेपाल सरकारका मन्त्री,
-प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री,
-संवैधानिक निकाय र सो निकायका पदाधिकारी,
-नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी,
-स्थानीय कार्यपालिका र सोका सदस्य,
-सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी,
-सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी,
-सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी,
-राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन,
-उम्मेदवार तथा सम्बन्धित व्यक्ति,
-राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि,
-सार्वजनिक पद धारण गरेको व्यक्ति,
-अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता,
-पर्यवेक्षण संस्था तथा पर्यवेक्षक,
-सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी,
-निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी,
-विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी,
-मतदाता,
-विकास साझेदार संस्था,
-सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी,
-मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी,
-निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार,
-वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार।