काठमाडौं ।
कारोना संक्रमण फेरि फैलिन थालेको छ । नेपालमा फेरि कोभिड १९ बाट संक्रमित हुनेको संख्या दिनदिनै बढ्न थालेको हो।आज(बिहीबार) एकैदिन ९८ जनामा संक्रमण पुष्टि भएको छ ।बुधबार ८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
आज १७६८ जनामा परीक्षण गर्दा ९८ जनामा कोभिड १९ पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २८ जना डिस्चार्ज भएका छन् भने संक्रिय संक्रमितको संख्या ३२२ पुगेको छ ।
कोभिडका कारण ज्यान भने कसैको गएको छैन ।