काठमाडौं ।
सरकारले श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने व्यवस्था आगामी वैशाख १ गते कार्यान्वयनमा ल्याउने भएको छ ।
उक्त व्यवस्था कार्यान्वयनमा ल्याउनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई परिपत्र गरेको छ ।
स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत आवेदन फारम भर्न सकिने व्यवस्था कार्यान्वयनका लागि परिपत्र गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
वैशाख १ गतेदेखि स्थानीय तहबाटै वैदेशिक रोजगारी सम्बन्धी सूचना सरोकारवालामा पुर्याउने र वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्न सकिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन शाखाले जनाएको हो ।