काठमाडौं ।
प्रतिनिधिसभा सदस्य हरि ढकालले विद्यार्थीको दिवा खाजामा समेत भ्रष्टाचार भइरहेको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढकालले चितवनमा प्राथमिक तहका विद्यार्थीका लागि दिइने सरकारी खाजामा समेत भ्रष्टाचार भइरहेको भन्दै आपत्ति जनाएका हुन् ।
भ्रष्टाचार संस्थागत भएको सांसद ढकालको भनाइ थियो । ‘भ्रष्टाचार यति संस्थागत भएछ कि गरिब चेपाङ बच्चाको दिवा खाजा लुट्छ । मेरो क्षेत्र (चितवन निर्वाचन क्षेत्र नम्बर १) को भिडियो देख्नुभएको थियो होला । गरिब कुपोषित चेपाङ बच्चाको दिवा खाजामा भ्रष्टाचार छ,’उनले भने । मुलुकमा सुशासनको थिति बसाल्नुपर्ने उनको भनाइ थियो ।
सांसद ढकालले देशमा भ्रष्टाचार संस्थागत भएको बताए । उनले विमानस्थलमा विदेशबाट शव ल्याइएका बाकसमा समेत केही गरगहना छ कि भनेर लुट्नका लागि फुटाइने गरेको भन्दै भ्रष्टाचार जरैसम्म पुगेको बताए । ‘