विदेशबाट रेमिट्यान्स नआएको भए सांसदहरुले तलबभत्ता खान पाउँदैनथे : सांसद सिंह

केन्द्रभाग मिडिया

काठमाडौं ।

राप्रपा सांसद दिपकबहादुर सिंहले देशलाई वैदेशिक रोजगारमा जानेहरुले श्रीलंक हुनबाट जोगाइरहेको बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विदेशबाट पैसा(रेमिट्यान्स) नआएको भए सांसदहरुले पनि तलब भत्ता खान नपाउने बताए ।

उनले भने, ‘आज ती भाइबहिनीहरुको सुरक्षाको लागि सरकारले के दिएको छ ?  के गरेको छ रु सरकारले त्यो पक्षमा के सोचेको छ । सरकारले अयोग्य लडाकुलाई करोडौं बाँड्न थालेको छ । त्यो पैसा जो बाकसमा आएका छन् । त्यो परिवारलाई राहत बाँडे सरकारको जयजयकार हुन्थ्यो ।’

  • २३ चैत्र २०७९, बिहीबार १६:१० प्रकाशित