नेकपा क्रान्तिकारी र नेकपा बहुमतबीच पार्टी एकता हुने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले आगामी वैशाख १८ गते पार्टी एकता गर्ने भएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस पारेर दुई पार्टी एकता गर्न लागेका हुन् ।

वैद्य र बास्तोला नेतृत्वको वार्ता टोलीले आगामी शुक्रबार पत्रकार सम्मेलन गरेर यस विषयमा जानकारी दिइने क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले बताए । वैद्य नेतृत्वको पार्टीबाट स्थायी समिति सदस्य सिपी गजुरेल, रामसिंह श्रीष छन् । यस्तै बास्तोला नेतृत्वको पार्टीबाट प्रवक्ता हेमन्तप्रकाश ओली र उदयबहादुर चलाउने छन् ।

‘पार्टी एकता अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिनमा हुने भयो । पार्टी नेतृत्व कमरेड किरणकै हुनुहुन्छ’ रातोपाटीसँग कुरा गर्दै गजुरेलले भने, ‘पार्टीको नाम र आगामी कार्यदिशाका विषयमा यसबीचमा टुङ्गो लगाउने भन्ने छ ।’ पार्टी एकता भएपछि नेकपा माओवादी हुने सम्भावना देखिएको नेताहरूले बताएका छन् । दुवै पार्टीको भाव समेटिनेगरी पार्टीको नाम राखिने भएको छ ।

  • २३ चैत्र २०७९, बिहीबार १४:५० प्रकाशित