पोखरा ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाको पत्र थमाए पनि नायब सुब्बा युवाराज गिरी राजनीतिक पावर लगाएर सरुवा बदर गर्न कस्सीएका छन् ।
शहरी विकास मन्त्रालयमा कार्यरत गिरीको २०९९–१२–१६ मा सरुवा भएको थियो । उनको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको छ । तर उनी प्रधानमन्त्री कार्यालयको पावर लगाएर सरुवा भएको मन्त्रालय जान आनाकानी गरेका मात्रै छैनन् सरुवा नै बदर गरेर सहरी मन्त्रालयमा हालीमुहाली मच्चाउन उद्धत छन् ।
रमाना बुझ्को साटो उनी सरुवा बदर गर्न दबाब दिइरहेका छन् । उनको यो अस्वभावीक दबाबलाई मन्त्रधालयका नेतृत्व गरेका सचव लगायतक कर्मचारी निरीह बनेका छन् । सामान्यत दुइ वर्षमा कर्मचारीको सरुवा हुने गरेको छ । तर, उनी १० वर्ष देखी सोही मन्त्रालयमा अड्डा जमाएर बसेका छन् ।
यतीमात्रै हैन उनले १० वर्षदेखि सहरी विकास मन्त्रालयको खरिद शाखामा रहेर मन्त्री र मन्त्रालयका उच्च नेतृत्वलाई प्रभावमा पार्ने गरेका छन् ।