‘सरकारलाई हिड्ने छुट छैन, नागरिकमा भरोसा जगाउन दर्गुन जरुरी छ’ : महामन्त्री थापा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारलाई हिड्ने छुट नभएको बताएका छन् । सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै थापाले दौडिनुपर्ने सरकार अझै अलमलमा रहेको बताए ।

बुधबार राजधानीमा आयोजित कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा महामन्त्री थापाले यो सरकारलाई हिँडेर कहीँ पुग्छु भन्ने छुट नभएको बताएका हुन् ।

‘हाम्रो सरकारसँग दौडिएर पुग्ने सुविधा मात्र छ’, उनले भने, ‘तर हाम्रो सरकारले दौडिन सुरु नै गरेन । अझै पनि कहिले तुना बानेर बस्छ, कहिले कुर्सी खोज्छ ।नागरिकमा भरोसा जगाउन सरकार दगुर्न जरुरी छ ।’

यसका लागि राष्ट्रपति, प्रधानमन्त्रीले अत्यावश्यकबाहेक खर्च कटौती सुरु गर्नुपर्ने उनले बताए ।यस्तै महामन्त्री थापाले प्रधानमन्त्री र मन्त्रीहरुले ३ महिनाजति टेलिभिजन र अनलाइनमा अनुहार नै नदेखाउन आग्रह गरे ।

‘प्रधानमन्त्री र मन्त्रीहरुले त यो बेलामा फोटो खिच्नुपर्दैन । ३ महिना जति प्रधानमन्त्री र मन्त्रीहरु कसैको पनि टेलिभिजनमा, अनलाइनमा अनुहार नै नदेखाए हुन्छ ।’ थापाले भने

  • २२ चैत्र २०७९, बुधबार १६:०६ प्रकाशित