काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्य अवस्थामा सुधार आएसँगै पौडेल अस्पताल भर्ना भएको तीन दिनपछि डिस्जार्ज भएका छन् ।
चैत १८ गते रातिदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत पौडेलको गए राति डिस्चार्ज भएका हुो। पेटको दुखाइका कारण उनलाई अस्पताल लगिएको थियो ।
राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीका अनुसार राष्ट्रपतिलाई ग्यास्टिकका कारण पेट दुखेको चिकित्सकहरूले बताएका थिए । उनलाई शिक्षण अस्पतालमा डा. निरज बमले हेरेका थिए ।