काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार समालेको आज १०० दिन पुगेको छ । यहि अवसरमा प्रम दाहालले सरकारले १०० दिन गरेको कार्य उपलब्धि सार्वजनिक गरेका छन् ।
प्रचण्डको सरकारले ३७ बुँदे उपलब्धिमा जनताको विकास र समृद्धिका सपनालाई पूरा गर्ने, मुलूकमा विकास निर्माणका कामलाई गति दिने, अर्थतन्त्रलाई सङ्कटमुक्त बनाई आर्थिक क्रियाकलापहरूलाई पुनः चलायमान र तीव्र बनाउने, वैदेशिक मुद्रा सञ्चिति, मौद्रिक तरलता र कर्जाको स्थितिमा सुधार गरी निजी क्षेत्रको मनोबल उच्च बनाउने समेटिएका छन् ।
यस्तै, सार्वजनिक सेवा प्रवाहलाई थप चुस्त र नागरिक मैत्री बनाउने भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्ने तथा राज्यको सबै तह र संरचनामा सुशासन, सदाचार र जवाफदेहिता कायम गर्ने कुरालाई सरकारले जोड दिँदै आएको उल्लेख छ ।
सरकारले अर्थतन्त्रमा देखा परेका समस्या समाधानको प्रयास गरिएको उपलब्धिको सूचीमा उल्लेख छ ।
सरकारले १०० दिनमा गरेका कार्यको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस ।