धनगढी ।
बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
देहीमाण्डौं–गिरेगडा सडकखण्ड अन्तर्गत पञ्चेश्वर गाउँपालिका–५ को तिलकपुर भीटामा सोमबार से १ ज २९५ नम्बरको जिप दुर्घटना हुँदा पञ्चेश्वर–५ कै ५५ वर्षीय महादेव भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले भट्टको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनका अनुसार चालकसहित जिपमा सवार अन्य १२ जना घाइते छन् ।
जिपको ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।