राप्रपाले टुङ्ग्यायो उपनिर्वाचनका लागि उम्मेदवार

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपनिर्वाचनका लागि तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको छ ।

राप्रपा संसदीय समितिको निर्णयअनुसार तनहुँ १ मा शोभा गुरुङ, बारा २ मा सोनेलाल शाह र चितवन २ मा जीवलाल पुरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि मुख्य दलहरूले उम्मेदवार ढुंगो लगाइसकेका छन् ।

  • १९ चैत्र २०७९, आईतवार १५:१६ प्रकाशित